नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं - नेकपाको सचिवालयको बैठक आज बस्दै छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पत्रमार्फत वाकयुद्धमा गएसँगै अन्योल कायम रहेका बेला सचिवालय बैठक आज पुनः बस्न लागको हो ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले छुट्टै प्रस्ताव बैठकमा पेश गरेसँगै नेकपामा तरंग पैदा भएको थियो ।
दाहालको प्रस्तावमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले एकलौटी ढंगबाट सरकार र पार्टी चलाउन खोजेको र विगतमा आफूसँग भएका सहमतिविपरीत अघि बढेकोलगायतका आरोप लगााएका थिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले यही मंसिर १३ गतेको बैठकमा दाहालको प्रश्नको जवाफसहित अर्को प्रस्ताव पेश गरेका थिए ।
ओलीको प्रस्तावमा गत निर्वाचनको मत परीणाम र जनअपेक्षा र पार्टी एकीकरणको अंकगणित विपरीत दाहाल बढी महत्वाकांक्षी भएकोलगायतका आरोप लगाएका छन्।
दुवै अध्यक्षले एकअर्कालाई आरोप प्रत्यारोप लगाएसँगै नेकपाको आगामी रणनीतिबारे अन्योलता बढेको छ ।
आजको बैठकमा दुवै प्रतिवेदनमाथिको छलफलसँगै नेकपा निर्णायक मोडमा पुग्ने बताइएको छ । दुवै अध्यक्षका आरोप प्रत्यारोप लिखित रुपमै सचिवालय बैठकमा पेश भएसँगै समस्या समाधानका लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।
दाहालले प्रस्ताव पेश गरेसँगै तथ्यहीन आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गर्न दवाव दिँदै दाहालसँग विभिन्न नेताहरुमार्फत दवाव दिएका थिए।
तर दाहालले सो प्रस्ताव छलफल हुनैपर्ने भएकाले फिर्ता नहुने अडान लिएपछि प्रधानमन्त्री ओलीले जवाफी प्रस्ताव ल्याएका हुन् ।
तर आज बस्ने बैठकले विवाद समाधनका लागि दुवै अध्यक्षको प्रस्ताव खारेज गरेर गत भदौ २६ गतेको निर्णअनुसार नै अघि बढ्न दवाव दिएको अध्यक्षद्वयका निकट नेताहरुले बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस