काठमाडौं,एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । इटालीको राजधानी रोममा शनिबार ट्रम्प र जेलेन्स्कीबीच १५ मिनेट वान टु वान भेटवार्ता भएको हो ।

ट्रम्प र जेलेन्स्की दुवै जना क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन रोम पुगेका थिए । त्यही मौकामा दुई जनाबीच वार्ता भएको हो । वार्ता सकारात्मक भएको दाबी गरिएको छ ।

‘हामीले धेरै विषयमा छलफल गर्‍यौं। हाम्रा जनताका जीवन रक्षा, पूर्ण र विनाशर्त युद्धविराम र दिगो शान्तिका बारेमा कुरा भयो,’ जेलेन्स्की ले टेलिग्राममा लेखेका छन् ।

ह्वाइट हाउसले पनि छलफल सकारात्मक भएको बताएको छ। ‍