आज नेपाल आइपुग्दै न्युजिल्यान्डका उपप्रधानमन्त्री
खबर एक्सप्रेस
२०८२-०२-१५ १०:४७ मा प्रकाशित
Total Shares: 29
काठमाडौं-न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स आज नेपाल आउँदै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस