बैंक खाता नभएकाहरु विदेश जान नपाउने
खबर एक्सप्रेस
२०७६-०५-१७ ११:०० मा प्रकाशित
Total Shares: 704
काठमाडौं - वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको हो ।
वैदेसिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंक खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने जनाउँदै सूचना समेत जारी गरिसकेको जनाएको छ ।
विभागले नेपाल राष्ट्र बैंकबाट कारोबार अनुमति लिएका विकास बैंक र वाणिज्य बैंकको कुनै पनि शाखामा खाता खोल्न सकिने जनाएको छ ।
कारोबार दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस