काठमाडौं - स्वस्थ जीवनका लागि स्वस्थ खान्की पनि महत्वपूर्ण छ । जब खानेकुराको कुरा आउँछ तब मिसाएर खाइने खानेकुराले महत्वपूर्ण भूमिका निभाउँछ । हामी खाना खाने समयमा केसँग के खानुपर्छ, यो कुरामा ध्यान दिँदैनौं । तर, आयुर्वेदका अनुसार खानाका विषयमा यस्ता थुप्रै नियम बताइएको छ जसको पालना गर्नु निकै आवश्यक हुन्छ ।

हामीले वास्तविक जानकारी नभएका कारण थुप्रै पटक यस्ता खानकुराको सेवन गर्छौं जुन शरीरका लागि निकै हानिकारक हुन्छ । खानेकुराको विभिन्न मिश्रणको असर व्यक्तिको शारीरिक र मानसिक दुबै स्वास्थ्यमा पर्ने गर्छ । यस्तोमा खानपिनका सही चिजको तालमेल हुन आवश्यक छ ।

आयुर्वेदका अनुसार फलफूललाई खानाका अन्य चिजसँग खानु गलत मानिन्छ । फलफूलमा प्राकृतिक सुगर हुन्छ जुन निकै छिट्टै पच्ने गर्छ । बोसो, प्रोटिन र स्टार्चले भरपुर खानपिनका चिजलाई अत्यधिक पाचनको आवश्यकता पर्छ । त्यसैले यदि तपाईं खाना खाएपछि फलफूल खानुहुन्छ भने यो पच्न समस्या हुन्छ र यसको पोषक तत्व तपाईंले पाउनुहुन्नँ ।

आयुर्वेदका अनुसार ताजा भोजन, प्राण (जीवन शक्ति) र पोषक तत्वले भरिएको हुन्छ । अलि बेरसम्म राखिएको भोजनमा पोषक तत्व कम हुन थाल्छ । यसलाई पचाउन थोरै मुश्किल हुन्छ । त्यसैले धेरै अघि पाकेको भोजन खानुहुँदैन ।

चियामा केटचिन नामक फ्लेवोनाइड्स हुन्छ जुन मुटुका लागि फाइदाजनक मानिन्छ । जब चियामा दुध मिसाइन्स तब दुधमा पाइने केसिन प्रोटिनले केटचिनको कन्सन्ट्रेशनलाई कम गर्छ । त्यसैले चिया र दुध एकैसाथ नपिउनुहोस् ।

आयुर्वेदका अनुसार दुध र केरा सबैभन्दा भारी फुड कम्बिनेशनमध्ये एक हो । यसको एकसाथ सेवनले शरीरमा टक्सिन पैदा गर्छ । यदि तपाईं केरा र दुधको स्मूदी पिउन शौखिन हुनुहुन्छ भने यसमा अलैंची र जाइफल मिसाउनुहोस् । अन्यथा यसलाई पचाउनमा समस्या हुनसक्छ ।

खाना खाने बेला वा त्यस लगत्तै कोल्ड ड्रिङ्क्स, आइसक्रिम वा फ्रिजमा राखिएको दही खाँदा पाचन शक्ति (जसलाई अग्नी भनिन्छ) कम हुने गर्छ । यसले पाचन समस्या, एलर्जी र रुघा–खोकीको खतरा बढ्ने गर्छ ।

यदि तपाईं कुनै स्वास सम्बन्धि वा भाइरल संक्रमणका लागि तुलसी क्यापसूल वा ट्याबलेट लिइरहनुभएको छ भने त्यस लगत्तै दुध पिउनु हुँदैन । यी दुई खानेकुराको बीचमा कम्तिमा ३० मिनेटको ग्याप राख्नुहोस् ।

कहिले पनि दुध कुनै अन्य खाद्य पदार्थसँग खानु हुँदैन । दुध आफैंमा एक सम्पूर्ण भोजन हो । दुध, मासु, अण्डा, मेवा आदिबाट प्राप्त प्रोटिनको तुलनामा पूणर्् रुपमा भिन्न प्रोटिन हो । त्यसैले दुधलाई अन्य खानपिनका चिजसँग खानु हुँदैन । किनभने यसलाई पचाउन समय लाग्छ ।

आयुर्वेदका अनुसार खानपिनका कुनै पनि तरल पदार्थलाई ठोस् पदार्थसँग खानु हुँदैन । तरल पदार्थ तुरुन्त आन्द्रामा जाने गर्छ र सबै पाचक एन्जाइम्सको क्षमतालाई कम गर्ने गर्छ जसका कारण पाचन प्रक्रियामा समस्या आउँछ । खाना खाएको कम्तीमा २० मिनेट अघि वा खाना खाएको एक घण्टापछि तरल पदार्थ लिन सक्नुहुन्छ ।

खाना खाने बेला तातो पानी पिउँदा पाचनमा सहयोग गर्छ । धेरै चिसो पानी नपिउनुहोस् किनभने शरीरलाई यो पचाउन धेरै प्रयास गर्नुपर्छ । त्यसैले खाना खाने बेला वा खाना खाएपछि पानी पिउनु हुँदैन ।

मोहीले पाचनमा मद्दत गर्छ जबकी दही पचाउन भारी हुन्छ । दिउँसोको समयमा दही खानु राम्रो मानिन्छ । किनभने यतिबेला पाचन क्षमता सबैभन्दा बलियो हुन्छ । दही अम्लीय प्रकृतिको हुन्छ । आयुर्वेदका अनुसार दहीले पित्त र कफ बढाउँछ किनभने यसले पेटमा अत्यधिक गर्मी पैदा गर्छ । दही पचाउन भारी हुन्छ र यसले कब्जियतको समस्या पनि हुनसक्छ । त्यससैले कमजोर पाचन भएका मानिसहरुले राती यसको सेवनबाट बच्नुपर्छ ।