छक्कबहादुर लामाले अस्विकार गरे ओली समूहको केन्द्रीय सदस्य पद
खबर एक्सप्रेस
२०७७-०९-११ ०५:२० मा प्रकाशित
Total Shares: 526
काठमाडौं - हम्लाका सांसद छक्कबहादुर लामाले नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
शनिबार एक वक्तव्य जारी गर्दै लामाले ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड-नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका हुन् । प्रचण्ड-नेपाल पक्षनै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुन समेत अपील गरेका छन् ।
उनले २०४८, २०७० र र २०७४ सालको निर्वाचनमा आफूलाई हुम्ली जनताले दिएको अभिमतको सम्मान गर्दै ओली पक्ष अस्वीकार गरेको पनि स्पष्ट पारेका छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस