काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु मिलका मालिक र सरकारबीचको मिलेमतोको शिकारमा किसानहरू परेको बताएका छन् ।

सोमबार सामाजिकसञ्जाल फेसबुकमार्फत नेता पौडेलले मिल मालिक र सरकारमा रहेकाहरूको मिलेमतो र लापरवाहीको शिकार किसानहरू परेको पनि आरोप लगाउँदै किसानहरुप्रति एकबद्दता प्रकट गरेका हुन् ।

उनले किसानहरु आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएको उल्लेख गर्दै माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन आग्रह गरेका छन् ।

‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापर्वाहीको शिकार बनेका किसानहरु प्रति पुर्ण सहानुभूति र एकबद्दता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आवहान गर्दछु । जय नेपाल !’ उनले लेखेका छन्।