पाल्पामा बस दुर्घटना, एक महिलाको मृत्यु
खबर एक्सप्रेस
२०८०-०१-१० ११:१७ मा प्रकाशित
Total Shares: 104
काठमाडौं - बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान पाल्पामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
लु १ ख ५९५६ बस पाल्पाको जोरधारामा भएको दुर्घटनामा १८ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकबाट निकै तल खसेको बस खोंचमा अड्किएको छ । बसमा रहेकाहरुको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्नबारे भने खुलसा भइसकेकाे छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस