काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिको सन्देश प्रवाह गर्न परेवा उडाएका छन् ।

२५६९औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँको बौद्धनाथ स्तूपको भ्रमणमा गएका राष्ट्रपति पौडेलले परेवा उडाएका हुन् ।

उनले विश्व शान्तिको सन्देश प्रवाह गर्न परेवा उडाएर विशेष अनुष्ठानमा सहभागिता जनाए ।

सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए।