गृहमन्त्री र यातायात व्यवसायीबीच गृहमन्त्रालयमा छलफल जारी
खबर एक्सप्रेस
२०८२-०२-२० ११:२३ मा प्रकाशित
Total Shares: 141
काठमाडौं-सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच गृहमन्त्रालयमा छलफल सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरुले आज बिहानैदेखि देशभर सेवा ठप्प पारेपछि जनजीवन प्रभावित बनेको छ।
यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन् भने भाडा बढाएर मोबाइल एपमा राख्न थालेको यात्रुहरुबाट गुनासो आउन थालेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस