अब १ घण्टाभित्र चिनियाँ बोर्डरमा पुग्छौंः प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास कसैको पालामा पनि नभएको बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले दुवै पटक सरकारको नेतृत्व गर्दा विकास निर्माणमा क्रमभंगता गरेको दावी गरेका हुन् ।
आफू अघिल्लो कार्यकालमा पनि कुनै पनि सरकारले भन्दा बढी काम गरेको तर, काम गरेकै देखेर आफ्नो सरकार ढालेको भन्दै यो पटक पनि अत्यधिक काम भएको बताएका हुन् । विकास निर्माण फड्को मारेको भन्दै प्रधानमन्त्री ओलीले अब चीनसँगको सीमा पुग्नको लागि १ घण्टा लाग्ने बताए ।
‘तातोपानी जाने बाटो बन्दैछ । अब केरुङतिर जान टनेलमार्गको पनि सर्वे भइरहेको छ । एक घण्टाभित्र चिनियाँ बोर्डरमा पुग्छौं । कुनै पनि समयमा अवागमन अवरुद्ध नहुने किमाथांकाको बाटो हामी तयार गर्दैछौं । ओलाङचुङगोलाको बाटो हामी तयार गर्दैैछौं । महाकाली कोरिडोरको बाटो हामी तयार गर्दैछौं ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस