इलाम - इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ अग्रस्थानमा रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार हालसम्म ३३ हजार २ सय ४५ सदर मत गणना भएको छ । जसमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ११ हजार २ सय ११ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । 

दोस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले १० हजार २ सय ८७ मत प्राप्त  गरेका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ६ हजार ६५ मत प्राप्त गरेका छन् । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले २ हजार ७ सय ६१ मत प्राप्त गरेका छन् भने नेकपाका ओमबहादुर गुरुङले ८ सय ५० मत पाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बु तुम्बाङ्फेले ६ सय ८७, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राईले ५ सय ३३, मंगोल नेशनल अर्गनाइजेशनका श्यामबहादुर ताम्बुङले ३ सय तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह लिङ्देन (लिम्बु) ले २ सय ३२ मत प्राप्त गरेका छन् । 

यसैगरी अन्य उम्मेदवारहरूले सयभन्दा कम मत प्राप्त गरेका छन् । हालसम्म २ हजार ४० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।  इलाम–२ मा मतगणना जारी छ । यस क्षेत्रमा कूल एक लाख १९ हजार ४८९ मतदाता भएकामा ६६ हजार ९३४ अर्थात् ५६ प्रतिशत मत खसेको थियो । अहिले सम्ममा ३१ हजार ८९८ मत गणना भएको छ । यो करिब ४८ प्रतिशत हो ।