काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक अहिले जारी रहेको छ। 

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा तथा समानुपातिकतर्फ सांसद सिफारिसका विषयमा छलफल भइरहेको  छ।

साथै बैठकमा पार्टी नेतृत्वले निर्वाचन परिणामको समग्र विश्लेषणसँगै आगामी रणनीतिबारे पनि विचार-विमर्श गरिरहेको बताइएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फ चयन हुने सांसदका लागि क्लस्टरअनुसारको सूची बुझाउन राजनीतिक दलहरूलाई तीन दिनको समय दिएको थियो। सोही अनुसार दलहरूले आयोगमा आइतबारसम्म सूची पेश गर्ने तयारी गरिरहेका छन्।