‘सरकारको गम्भीर समीक्षा गरौँ र सच्याउँदै अघि बढौं’
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र, प्रदेश र स्थानीय सरकारका कामको गम्भीर समीक्षा गरेर गल्ती कमजोरीहरु सच्याउनु पर्ने बताएका छन् ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले तीनै तहका सरकारका कामको गम्भीर समीक्षा गर्न प्रस्ताव गरेका हुन् । उनले पार्टीभित्र देखिएको संकट निवारणमा आलटाल गरे पार्टीले गम्भीर क्षति ब्यर्होने पनि चेतावनी दिएका छन् ।
‘पार्टीभित्र देखिएको संकट निवारणमा दाउपेच गरेर ढिला गर्ने, समय लम्ब्याउने काम नगरौं’ उनको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘प्रदेश सरकार र स्थानीय सरकारको कामको गम्भीर समीक्षा गरौंं । गल्ती कमजोरी स्वीकार गरौं र सच्याउँदै अघि बढौं ।’
फेसबुक पेज Like गर्नुहोस