बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम पुर्व मेयर बालेन्द्र साह (बालेन)को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ।
बालेनले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न शुक्रबार काठमाडौं-३१ का युवराज पौडेल (सफल) ले गृह मन्त्रालयमा उजुरी दिएका हुन्।
बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघि उनको नागरिकतामा साह रहेको थर पछि परिवर्तन गरिएको पाइएको छ । महोत्तरीबाट २०६३ सालमा लिएको नागरिकतामा बालेन्द्र साह उल्लेख छ । यो नागरिकता २०६३ साल पुस ९ गते तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले जारी गरेका थिए । तर काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि २०७९ साल असार १९ गते लिएको नागरिकताको प्रतिलिपिमा भने अर्को ‘साह’को ठाउँमा ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ।
नागरिकतामा पहिले बालेन्द्र साह रहेकोमा पछि बालेन्द्र शाह बनाएको भन्दै झुटो विवरण पेश गरेर थर परिवर्तन गरेकाले नागरिकता रद्द र पाँच वर्ष कैद गर्नुपर्ने मागसहित युवराजले उजुरी दिएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस