अमेरिकामा कोरोनाबाट एकैदिन १ हजार ४३९ जनाको मृत्यु
काठमाडौं, एजेन्सी - गत डिसेम्बरबाट चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वमा ५ करोड ५९ लाख २२ हजार ८४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ लाख ४२ हजार ७०७ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ३ करोड ८९ लाख २६ हजार ५०७ संक्रमित निको भएका छन् ।
यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ४९ हजार ११९ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ४३९ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ करोड १६ लाख ८७ हजार ५६९ जनामा कोरोनाले संक्रमण गराएको छ । २ लाख ५४ हजार ११८ जनाले ज्यान गुमाएका छन् ।
यस्तै ७० लाख ७४ हजार ३२९ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस