ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
खबर एक्सप्रेस
२०८०-०७-२९ ०१:१४ मा प्रकाशित
Total Shares: 127
काठमाडौं - ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चापागाउँबाट टाखेल जाँदै गरेको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण कुमार चन्दले बताए । उनीहरूको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस