सरकारमा रहँदा सुकुमवासीका समस्या समाधान गर्ने कोसिस गरेँ‚ तर सकिनँ: रवि लामिछाने
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने दाबी गरेका छन्।
सोमबार चितवनको आँपटारीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै लामिछानेले अब पार्टीको नेतृत्वमा स्थायी सरकार गठन भएपछि भूमिहीन र सुकुमवासी समस्याको दीर्घकालीन समाधानको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने- 'लामो समयदेखि राजनीतिक रूपमा मात्र प्रयोग हुँदै आएको भूमिहीन र सुकुमवासी समस्यालाई सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने कोसिस गरेँ‚ तर सकिनँ ।'
उनले यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पूरा गर्न नसकिएको बताए।
उनले आयोगमा कुनै पनि दलको प्रतिनिधित्व नराखी स्वतन्त्र विशेषज्ञहरूलाई समावेश गराएर सरकारले नीति, कानूनी र प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित व्यवस्थापन सुनिश्चित गर्ने स्पष्ट पारे।
साथै लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस