काठमाडौं - आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ।

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई लकडाउन मोडालिटीबारे २ दिनभित्र कार्ययोजना बनाएर पेश गर्न निर्देशन स्रोतले बताएको छ ।  समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने छ ।

सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन हालसम्म जारी छ । पछिल्लो समय थपिएको लकडाउन जेठ ३२ गतेसम्मका लागि कायम छ ।