विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी
खबर एक्सप्रेस
२०७६-०५-२२ ११:०० मा प्रकाशित
Total Shares: 740
काठमाडौं - विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँका एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् ।
उनीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पठाए, कति समयपछि कोठाबाट निस्किए भनेर समेत बिवरण राख्दछन् ।
दार्मा गाउँपालिकाका–१ स्थित जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थीमैत्री वातावरण बनाउन विद्यार्थीलाई शिक्षकको हाजिरी गराउन लगाइएको हो ।
यसले शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय बनाएको छ । शिक्षकका विषयमा राखिने अभिलेखको रिपोट विद्यार्थीले नियमितरुपमा प्रधानाध्यापकलाई बुझाउँछन् ।
कान्तिपुर दैनिकबाट]
फेसबुक पेज Like गर्नुहोस