भारतमा कोरोना संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु
खबर एक्सप्रेस
२०८२-०२-१८ ०६:५२ मा प्रकाशित
Total Shares: 7
काठमाडौं-भारतमा कोरोना संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार देशमा सक्रिय कोरोना बिरामीको संख्या ३३९५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ६८५ नयाँ संक्रमित बिरामी पहिचान भएका छन् भने १,४३५ बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
यसैबीच पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। जसमा छत्तीसगढ, कर्नाटक, केरला र उत्तर प्रदेशका एक–एक जना बिरामी रहेका छन्।
यसअघि, भारतमा कोरोनाको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
त्यसमध्य मृत्यु हुने ४ जनामा नयाँ भेरियन्ट पुष्टि भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस