काठमाडौं-आज जनै पूर्णिमाको दिन हातमा डोरो तथा राखी बाँध्ने र काँधमा जनै लगाए पछि क्वाँटी खाने परम्परा रहँदै आएको छ ।

जनै पूर्णिमाको एक हप्ता अगावै साना पसलदेखि डिपार्टमेन्ट स्टोरसम्म क्वाँटीको बिक्री शुरु हुन्छ । क्वाँटी ९ वटा गेडागुडीको परिकार हो । काँचो तथा पाकेको ९ गेडागुडीलाई नै क्वाँटी भनिन्छ । नौ गेडागुडीहरुमा मस्याङ, बोडी, भटमास, राजमा, बकुल्ला सिमी, मुगी, हरियो केराउ, सेतो केराउ तथा चना पर्छन् ।

क्वाँटीलाई कसैले एक दिन मात्र भिजाएर भोलिपल्ट पकाउँछन् भने कसैले तीन चार दिन भिजाएर टुसा अंकुराए पछि खाने गर्छन् ।

यस्ता छन् क्वाँटी खानुका फाइदाहरु

मानसिक स्वास्थ्यमा सुधार गर्छ।

कुपोषण हटाउन सहयोग गर्छ।

रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्याउँछ।

बच्चाहरूको वृद्धि विकासमा सहयोग गर्छ।

कब्जियत हटाउँछ।

पाचनशक्तिमा सुधार गर्छ।

उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।

स्मरणशक्ति वृद्धि गर्छ।