काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा परेको मुद्दा आज सर्वोच्च अदालतमा पेशीमा चढेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको ईजलासमा पेशी रहेको छ।

पूर्वएमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो ।

त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो । तर, नेकपा विभाजित भएको बेला यो मुद्दा फेरि पेसीमा चढेको हो ।