काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रर्दशन र सभा गर्ने भएको छ ।

हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापना, भ्रष्टाचार र सर्वसत्तावादको बिरुद्धका लागि राप्रपाले आज काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो । दिउँसो १२ बजे भद्रकालीबाट र्याली सुरु भई शहीदगेट हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ।

सभालाई पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशम्मेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्नेछन् ।