आज कुन-कुन नदीमा आउनसक्छ बाढी ?
काठमाडौं - आज कोशी, गण्डकी, कर्णालील महाकाली र यसका स-साना सहायक नदीमा बहाब सामान्य घटबढ हुने तथा बहाव सतर्कता भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कन्काई, पश्चिम राप्तिलगायतमा बहाब सामान्य रहने तथा कमला, बागमती, बबई र यसका सहायक नदीहरुमा पानीको बहाब बढ्नसक्नेछ तर सतर्कता तलै रहनेछ ।
आज इलाम, झापा, बारा, पर्सा, रौतहट, सर्लाही, दोलखा, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, परासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, कैलाली, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव बढ्दो हुनेछ । केही आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस