कर्मचारीहरूलाई दल निकट संगठन बनाउन दिनु हुँदैन : पृथ्वीसुब्बा गुरुङ
खबर एक्सप्रेस
२०८२-०१-२३ ०४:४० मा प्रकाशित
Total Shares: 38
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिन नहुने बताएका छन् ।
‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा सरकारका प्रवक्तासमेत रहेका गुरूङले यस्तो बताएका हुन् ।
नेपाल शिक्षक महासंघको आन्दोलनबारे पनि टिप्पणी गर्दै उनले विगतमा निरङ्कुशताविरुद्धमा सबै लड्नुपर्ने अवस्थामा संगठन बनाउन दिइए पनि लोकतन्त्रमा कर्मचारीका लागि दलैपिच्छेको संगठन बनाउन दिन नहुने बताए ।
उनले भने, ‘लोकतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार कर्मचारीलाई दिनु हुँदैन । यसले हाम्रो कर्मचारीतन्त्रलाई सुशासन कायम गर्ने कुरामा बाधा गर्यो ।’
फेसबुक पेज Like गर्नुहोस