९ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ
खबर एक्सप्रेस
२०७७-०५-१५ ०१:४१ मा प्रकाशित
Total Shares: 472
पोखरा - प्रहरीले पोखरा महानगरपालिका– १० रामबजारकी ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ ।
विगत चार–पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
स्याङ्जा बिरुवा गाउँपालिका– ८ टोड्केमा लुकेको अवस्थामा आइतबार राति गुरुङ पक्राउ परेका जनाइएको छ । प्रवक्ता हमालका अनुसार घटनामा संलग्न गुरुङलाई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
फेसबुक पेज Like गर्नुहोस