निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनले दियो बधाई
काठमाडौं - चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ ।
चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको हो ।
‘नेपालको प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल बनेकामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चीन बधाई ज्ञापन गर्दछ। चीन नेपालसँग मिलेर परम्परागत मित्रतालाई अगाडि बढाउन, व्यावहारिक सहयोगलाई सुदृढ गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन तयार छ,' काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ
चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाएको छ ।
यसअघि भारतका वर्तमान प्रधानमंत्री नरेंद्र मोदी र पाकिस्तानले पनि बधाइ दिएको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस