धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
खबर एक्सप्रेस
२०८२-०३-०२ ०७:२६ मा प्रकाशित
Total Shares: 155
काठमाडौं - काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनलाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले सोमबार उक्त आदेश दिएको हो।
जबरालाई प्रहरीले तीनकुनेमा भएको ‘अराजक’ प्रदर्शनको मुख्य योजनाकारको रूपमा प्रस्तुत गर्दै मुद्दा चलाएको थियो।
राजावादी आन्दोलनका क्रममा भएको उक्त प्रदर्शनमा उनी पार्टीको जनपरिचालन संयोजकको भूमिकामा थिए र सोही दिन उनलाई प्रहरीले पक्राउ गरेको थियो।

.gif)




फेसबुक पेज Like गर्नुहोस