मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी,एमालेका महेश बर्तौला विजयी
खबर एक्सप्रेस
२०८२-११-२४ ०७:५४ मा प्रकाशित
Total Shares: 63
काठमाडौं - मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा खसेको कुल ९१ हजार २४१ मतमध्ये उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बर्तौलाले १९ हजार ६२४ मत प्राप्त गरेका छन् । उप्रेतीले बर्तौलाभन्दा १२ हजार १०१ मतान्तरले जित निकालेका हुन् ।
यसैगरी नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ४३६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लवशेर विष्टले १२ हजार ७५४ मत ल्याएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस