काठमाडौं, एजेन्सी - पुरै विश्वभर कोरोना कहर  रहेको छ । सबै कहिले कोरोना भ्याक्सिन आउँछ भन्ने बाटो हेर्दै बसेका छन् । मानिसहरुमा विश्वास छ कि यो वर्षको अन्त्यसम्ममा कोरोना भ्याक्सिन आउँछ । तर, विश्व स्वास्थ्य संगठनले कुन दिन भ्याक्सिन आउँछ त्यसबारे भने प्रतिक्रिया दिएको छैन ।

पछिल्लो समय डब्लएचओले दिएको बयानले धेरै युवाहरुलाई निराश बनाउन सक्छ । डब्लुएचओका मुख्य वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले भनेकी छन्, कि स्वस्थ युवालाई कोरोना भ्याक्सिनका लागि केही लामो समय पर्खनु पर्ने हुनसक्छ ।

डब्लुएचओको एक सोसियल मिडिया इभेन्टमा सौम्या स्वामीनाथनले भनेकी छन्, ज्यादातर मानिस सहमत छन् कि पहिलो भ्याक्सिन हेल्थ केयर वर्कर्स र फ्रन्ट लाइनमा काम गरिरहेकाका लागि हुनेछ । तर, यहाँ यो पनि बुझ्नु आवश्यक छ कि कोरोनाको सबैभन्दा ज्यादा खतरा कस्ता मानिसहरुलाई रहेको छ । त्यस्तै बुढा व्यक्तिहरुको पालो त्यसपछि आउँछ । 

उनले भनेकी छन्, 'भ्याक्सिनका लागि कैयौँ खालका गाइडलाइन्सहरु आइरहेका छन् । तर, मलाई लाग्छ एक आम स्वस्थ मिासनका लागि भ्याक्सिन सन् २०२२ सम्म पर्खनु पर्ने हुनसक्छ । 

उनी अगाडि भन्छिन्, 'सन् २०२१ सम्म एक प्रभावी भ्याक्सिन आउनेछ तर, या सीमित मात्रामा उपलब्ध हुनेछ । यसकारण अतिसंवेदनशिल मानिसका लागि पहिलो प्राथमिकतामा यो भ्याक्सिन दिइनेछ ।' 

उनका अनुसार कोरोना भ्याक्सिन आउँदैमा पहिला जस्तो सामान्य अवस्था रहनेछैन । पछिल्लो समय रसिया र चीनले भ्याक्सिन दिन सुरु गरिसकेका छन् । चीनले जुलाईमा सबैभन्दा पहिला आफ्नो सेनालाई भ्याक्सिन दिएको थियो । त्यसपछि सरकारी अधिकारी, स्टोर स्टाफ र स्वास्थ्य विभागका मानिसहरुलाई भ्याक्सिन दिइरहेको छ । त्यस्तै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि भ्याक्सिन दिइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।  उता रसियामा भने फ्रन्ट लाइनमा काम गरिरहेका वर्कर्स, पत्रकारलाई भ्याक्सिन दिइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।