बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमा केही बेरअघि छलफल सुरु भएको बताइएको छ ।
दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा लगातार ३ दिनदेखि छलफल भइरहे पनि टुङ्गोमा भने पुग्न सकेका छैन् । मन्त्रिमण्डलमा कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा दुई अध्यक्षको मत बाझिएपछि छलफल निष्कर्षविहीन बनेको बताइएको छ ।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल लगायत उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउनुपर्ने पक्षमा छन् । तर, ओलीले अदालतमा मुद्दा नै परिसकेकाले बनाउन नहुने पक्षमा छन् । वामदेवविरुद्धको मुद्दाको पेसीको सुनुवाइ भएपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने तीन नेताको अडान छ ।
फेसबुक पेज Like गर्नुहोस