काठमाडौं - अर्थ मन्त्रालयले कोरोना बीमाकाे मागदाबी रकम तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ ।

कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो कात्तिक १८ गतेको निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरि दैनिक रुपमा जानकारी गराउन बिमा समितिलाई निर्देशन दिएको हो ।

मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् ? हाल कुन कन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विवरण पेन्डिङ रहेको छ ? सो को विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भैरहेको छ ? यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरु के के हुन ? यसको विस्तृत विवरण पठाउन पनि समितिलाई निर्देशन दिएको छ ।

यस्तै, कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण पनि सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको छ ।