आफ्नो समूहलाई सम्बोधन गर्न ओली धनगढी जाँदै
खबर एक्सप्रेस
२०७७-०९-२४ ०९:२७ मा प्रकाशित
Total Shares: 421
काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदै छन् ।
पार्टी विभाजनपछि आफ्नो समूहद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न ओली शुक्रबार धनगढी जान लागेका हुन् । असंवैधानिक कदमका साथ प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लागेका हुन् ।
जनसभामा ५० हजार जनता उतार्ने ओली समूहले बताएका छन् । ओली धनगढी जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनको निर्देशनअनुसार तीन वटै सुरक्षा निकाय ‘हाई अलर्ट’मा राखिएको छ।
फेसबुक पेज Like गर्नुहोस