इरानमा अमेरिकी सेनाको अभियान अझै एक साता रोकिँदैनः ट्रम्प
काठमाडौं-इरानमा युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाको अभियान चाँडै सकिनसक्ने तर यो हप्ता नै समाप्त नहुने बताएका छन्।
इरानसँग जे–जे थियो, लगभग सबै समाप्त भइसकेको र उनीहरुको नेतृत्वपनि कमजोर भइसकेको ट्रम्को भनाई छ। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेका थिए। त्यसपछि मध्यपूर्वका देशहरूमा तनाव बढिरहेको छ।
यस तनावबारे रुसी राष्ट्रपति पुटिनसँग कुराकानी गरेको ट्रम्पले बताएका छन्। कुराकानीको क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको र पुटिनले सहयोग गर्न चाहेको ट्रम्पको भनाइ छ।
ट्रम्पकाअनुसार उनले पुटिनलाई ‘यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ’ भनेका थिए। अमेरिकी र इजरायली आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेताहरु मारिएका थिए। अलि खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको छ।
रूसी राष्ट्रपति पुटिनले सोमबार मोज्तबा खामेनीलाई इरानको नयाँ सुप्रिम लिडर बनेकोमा बधाई दिएका थिए। रुसी राष्ट्रपतिले भनेका थिए, ‘तेहरानका लागि रूसले आफ्नो अटल समर्थन र इरानी साथीहरूसँगको एकता पुनः पुष्टि गर्दछ। हामी सधैं भरपर्दो साझेदार रहने बाचा गर्दछौं।’

.gif)



फेसबुक पेज Like गर्नुहोस