ओलीबाहेक सबै नेता तथा कार्यकर्ता एकताको पक्षमा छन् : वामदेव गौतम
खबर एक्सप्रेस
२०७७-१०-१४ ०१:२६ मा प्रकाशित
Total Shares: 432
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै नेता तथा कार्यकर्ता एकताको पक्षमा रहेको बताएका छन् ।
बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्दै गौतमले ओली पक्षमा ओलीबाहेक सबै एकताको पक्षमा रहेका बताएका हुन् ।
‘प्रधानमन्त्री नेतृत्वको पक्षमा उहाँबाहेक सबै एकताका पक्षमा छन्’, गौतमले भने। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा रहेका धेरै जसो नेताहरु पनि पार्टी एताको पक्षमा रहेको उनको भनाई छ ।
गौतमले आफूलाई पछि एक पक्षमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै पक्षमा नलाग्ने घोषणा गरे ।
फेसबुक पेज Like गर्नुहोस