काठमाडौं- काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडकरफुटपाथ खन्ने स्वीकृतिरसहमति नदिइने स्पष्ट पारेको पारेको छ ।वर्षायाममा आम सर्वसाधारण हिलो र धुलोको मारमा परेको अवस्थालाई मध्यनजर गर्दै महानगरले उक्त निर्णय गरेको हो । महानगरको सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडकरफुटपाथ खन्न स्वीकृतिरसहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरले लगायो रोक
खबर एक्सप्रेस
असार ३, २०८२
४४१


.gif)


