ओली प्रवृत्ति सच्याउन सकेनौँ : प्रचण्ड
खबर एक्सप्रेस
२०७७-१०-०९ ०५:५४ मा प्रकाशित
Total Shares: 388
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्याउन नसकेको बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, 'यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं, ओली प्रवृत्ति सच्याउन पनि सकेनौँ ।'
साथै, ओलीलाई तह लगाउन नसकेपछि आफूहरू जनतामा आएको प्रचण्डले बताए।
फेसबुक पेज Like गर्नुहोस