माओवादी केन्द्रको महाधिवेशनः प्रधानमन्त्री देउवा, माधव र उपेन्द्रसहितका नेता प्रज्ञा भवनमा
खबर एक्सप्रेस
२०७८-०९-११ ०५:०४ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएकाे महाधिवेशनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेललगायत शीर्ष नेता सहभागी छन् ।
महाधिवशेनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस