काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् ।

धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि कोही नगएको बताइएको छ । ओलीको सम्बोधनका लागि बनाइएको खुल्लामञ्चनजिक नेकपा बहुमतनिकट अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर विरोध गरेका छन् । उनीहरु प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत छन् ।