चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु
खबर एक्सप्रेस
२०८०-०८-०१ ०१:५३ मा प्रकाशित
Total Shares: 93
जाजरकोट-जाजरकोटमा भुकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका दुई जना वृद्धको चिसोको कारण मृत्यु भएको छ ।
भेरी नगरपालिका २ का ८८ वर्षिय धुलेश्वर कार्की र बारेकोट गाँउपालिका ४ जिरीका नरेन्द्र बहादुर सिंहको चिसोको कारण मृत्यु भएको हो ।
कार्की र सिंह दुवै दमका दिर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दा दुवैको ज्यान गएको स्थानीयले बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस