काठमाडौं = नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी नभई फर्किएका छन् ।

चुनाव सम्बन्धी छलफलका लागि आयोगले बोलाएको बैठकमा पार्टीको पत्र लिएर पुगेका प्रचण्ड-नेपाल पक्षका नेताहरु दुई अध्यक्ष उपत्यका बाहिर रहेको भन्दै अहिले छलफल गर्न नसकिने बताउँदै आयोगबाट फर्किएका हुन् ।

उनीहरुले पार्टीको पत्र बुझाएर माघ १८ गतेपछि मात्रै छलफल गराउनका लागि निर्वाचन आयोगलाई अनुरोध गरेका छन् । प्रचण्ड-नेपाल पक्षबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आयोग गएका थिए ।

बिहीबार निर्वाचन आयोगले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूहका अभ्यक्ष वा अध्यक्षले तोकेका ५/५ जनालाई शुक्रबार बिहान ११ बजे छलफलका लागि बोलाएको थियो।