काठमाडौं -  लकडाउनका कारण झापामा रहेको पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृह मन्त्रालयले पास नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले पास दिएपनि गृहले सो पास खारेज गरेको हो ।

निजी भ्रमणका क्रममा झापा पुगेका पूर्व राजाले काठमाडौं आउन पासका लागि जिप्रकामा निवेदन दिएका थिए। प्रशासनले तुरुन्तै पास दिएको थियो तर, गृहले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। तर गृहले सो निवेदन पनि खारेज गरेका हो ।

चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि उनीहरु फर्किन सकेनन् । झापामा पूर्वराजपरिवारको चियावगान छ । अहिले उनीहरु त्यहीँ रहेको घरभित्र बसिरहेका छन् ।