दाङ - बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आइतबार १० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

दाङका दुई, बाँकेका पाँच, कपिलवस्तुका दुई र बर्दियाका एक जनालाई आइतबार डिस्चार्ज गरिएको अस्पतालका ब्यवस्थापन दोर्ण वलीले जानकारी दिए।

सबैलाई आज नै सम्बन्धित ठाउँमा पठाइसकिएको उनले बताए । उपचारमा राखिएको २०/२२ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि सरकारले गरेको परिपत्रका आधारमा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

अस्पतालमा ५५ जना उपचाररत रहेको भएपनि अब ४५ जना बाँकी रहेका छन् ।