अमेरिकामा थप १ लाख १३ हजार बढीमा संक्रमण, एकैदिन हजार बढीको मृत्यु
काठमाडौं, एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।
चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ४ करोड ९० लाख ५ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ लाख ३८ हजार ७८८ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ३ करोड ४९ लाख ७४ हजार ६ संक्रमित निको भएका छन् ।
यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ५४१ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ९४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९९ लाख १४ हजार ८५९ जनामा कोरोनाले संक्रमण गराएको छ । २ लाख ४० हजार ९२२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै ६३ लाख ३९ हजार ६३६ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस