काठमाडौं - सन् २०१४ अगस्ट २२ मा प्रदर्शन भएको रानी मुखर्जी अभिनित फिल्म ‘मर्दानी’ले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो ।

यसै फिल्मको सिक्वेल अर्थात ‘मर्दानी २’ प्रदर्शनमा आउँदै छ । १३ डिसेम्बरमा प्रदर्शन हुने यस फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

गोपी पुथ्रनको निर्देशन रहेको यस फिल्ममा आदित्य चोपडाको लगानी रहेको छ ।