निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै देउवा निवास पुगे कर्मचारी युनियन
खबर एक्सप्रेस
२०८२-०२-१९ १२:२५ मा प्रकाशित
Total Shares: 146
काठमाडौं-नेपाली कांग्रेसनिकट कर्मचारी युनियनका पदाधिकारीहरु पाटी सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै उनीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।
विधेयकका केही प्रावधानमा असहमति जनाउँदै आएको यु्नियनले आफ्नो सुझाव सभापति देउवालाई बुझाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेश गर्ने कार्यसूची छ । युनियनले विधेयकमा सुधार गर्नुपर्ने विभिन्न मागबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।
युनियनका नेताहरुसँग सभापति देउवाले निजामती कर्मचारीले उठाएका सरोकारका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडालाई बोलाएर आफूले निर्देशन दिने बताएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस