अभ्यासका क्रममा सप्तकोशीमा बेपत्ता मध्ये एक सशस्त्र जवानको शव भेटियो
खबर एक्सप्रेस
२०८२-०२-२४ ०९:०९ मा प्रकाशित
Total Shares: 133
काठमाडौं - विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका एक गोताखोरको शव भेटिएको छ ।
सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला परेको हो ।
बेपत्ता सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।
हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस