माटोको ढिस्कोले पुरिएर सब-ओभरसियरको मृत्यु
खबर एक्सप्रेस
२०७६-०६-०६ ११:०० मा प्रकाशित
Total Shares: 797
पर्वत - सडकमा काम गरिरहेका बेला माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एकजना सबओभरसियरको मृत्यु भएको छ।
मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा मोरङका करिब २३ वर्षीय कमल राईको मृत्यु भएको हो ।
राईको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस