काठमाडौं - आन्दोलनमा रहेका शिक्षक र सरकारबीच सिंहदरबारमा ‘निर्णायक वार्ता’ शुरू भएको छ ।

नेपाल शिक्षक महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच सिंहदरबारस्थित मन्त्रालयमा वार्ता शुरू भएको हो ।

मन्त्री पन्त दिनभर शिक्षकहरूलाई कुरेर मन्त्रालयमा बसे पनि महासंघका प्रतिनिधिहरू भने केहीबेर अघि मात्र सिंहदरबार छिरेका हुन् ।

शिक्षा मन्त्रालय र शिक्षकहरूबीच सोमबार राति अबेरसम्म पनि वार्ता भएको थियो । मंगलबारको वार्तामा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहित चार जना छन् ।